Logo

आदालतको फैसलामाथि टिका टिप्पणी नगर्न उच्च अदालत विराटनगर बार एशोसिएसनको आग्रह (विज्ञप्तीसहित)

                     
Logo 2022-06-15 06:06     Desk

13

विराटनगर, १ असार । आदालतबाट हुनै फैसलाको विषयमा कुनै टिका टिप्पणी नगर्न उच्च अदालत विराटनगर बार एशोसिएसनले आग्रह गरेको छ ।

बुधबार विज्ञप्ती निकाल्दै एशोसिएसनले अदालतबाट भएको फैसलाको पूर्णपाठ नआएको अवस्थामा न्यायपालिकालाई कमजोर बनाउने भन्दै टिका टिप्पणी नगर्न आग्रह गरेको हो ।

अदालतको फैसलामा गरिने टिका टिप्पणीले निर्दोष व्यक्तिले पनि सजाय पाउने अवस्था सृजना हुने र न्यायप्रती बितृणा पैदा भई समाजमा आक्रोश पैदा हुनेभएकाले सवै जिम्मेवार हुनुपर्ने एशोसिएसनले जनाएको छ ।

त्यस्तै न्यायलयको हलुका टिप्पणीले कानुनी शासनको प्रयोग समेत शुन्य हुने भएकाले अदालतको गरिमा र मर्यादालाई ख्याल गरि जिम्मेवार पत्रकारिताको भूमिका निर्वाह गर्न आम सञ्चार माध्यममहरुलाई एशोसिएसनले आग्रहसमेत गरेको छ ।

हेर्नुहोस् विज्ञप्ती


लोकप्रिय छुटाउनुभयो कि ?