Logo

नेपाल इन्डोनेसियाविरुद्ध ७-० ले पराजित

                     
Logo 2022-06-15 11:06     Desk

13

नेपालले एसियाकप छनोट तेस्रो चरणको आफ्नो अन्तिम खेलमा मंगलबार इन्डोनेसियाबाट ७–० को ठूलो अन्तरले पराजित भएको छ । सम्भवत: नेपालका लागि मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको अन्तिम खेल बिर्सनलायक रह्यो । हारपछि चार टिम सम्मलित समूह ‘ए’ मा नेपाल अन्तिम स्थानमा रह्यो ।

यस समूहबाट समूह विजेताका रूपमा जोर्डन र उत्कृष्ट दोस्रो स्थानमा रहेर इन्डोनेसिया एसियाकपका लागि छनोट भएको छ । इन्डोनेसियालाई आफ्नो दोस्रो स्थान बलियो बनाउन नेपालविरुद्ध प्रभावशाली जित आवश्यक थियो । यस अगाडि नेपाल जोर्डन र कुवेतविरुद्ध पनि पराजित रहेको थियो ।

कुवेतको जाबिर अल अहमद स्टेडियममा भएको खेलमा नेपालले ३३ औं मिनेटमा दोहोरो पहेँलो कार्डमा सुमन अर्याललाई गुमाएको थियो । इन्डोनेसियाका लागि वितान सुलेमनले दुई गोल गरे भने मोहम्मद दिमास, आर्यन्टो, साददिल रामदानी, एक्लन बागोट र मार्सेलिना फर्डिनान्डले एक एक गोल गरे ।

यसै खेलबाट नेपालले एक नयाँ कप्तान पाएका छन् भने दुई थप खेलाडीले डेब्युको अवसर पनि पाए । पुजन उपरकोटीले टिमको कप्तानी गरेका थिए भने शिव गुरुङ र नीरकुमार राईले पहिलो पल्ट खेल्ने अवसर पाए । यससँगै पुजन नेपाली राष्ट्रिय टिमको कप्तान हुने २१ औं खेलाडी पनि भएका छन् ।


लोकप्रिय छुटाउनुभयो कि ?