Logo

पथरी : मदिरा सेवन गरेका वडाध्यक्षद्वारा स्थानीयलाई दुर्व्यवहार

                     
Logo 2022-06-15 11:06     Desk

13

पथरीशनिश्चरे नगरपालिका वडा - ६ का वडाध्यक्ष कृष्णकुमार बस्नेतले मदिरा सेवन गरि स्थानीयलाई दुर्व्यवहार गरेका छन्। वडा अध्यक्ष बस्नेतले उनकै वडामा रहेको तित्रिझाँक टोलमा गएर जग्गाको काम गरिरहेका स्थानीयहरुलाई अपशब्द प्रयोग गर्दै दुर्व्यवहार गरेका हुन्।

स्थानीय सुरेन्द्र बहादुर निरौलाको पोखरीको माटो छिमेकीको जग्गामा परेपछि माटो मिलाउने काम गरिरहेकाको बेला पुगेको बस्नेतले यो जग्गा कसको हो भन्दै भैरहेको काम रोक्न आदेश दिदै दुर्व्यवहार गरेको स्थानीय बताउछन्।

स्थानीय स्थलमा मदिरा सेवन गरेर पुगेका बस्नेतलाई पछि सम्झाई बुझाई गरेर प्रहरीले स्थानीय चौकीमा लागेको स्थानीयले जानकारी दिएका छन्।

आइतबार भएको घटनालाई लिएर स्थानीय व्यक्तिहरुले वडाध्यक्ष बिरुद्ध प्रहरीमा उजुरी समेत दिएको बताएका छन्।


लोकप्रिय छुटाउनुभयो कि ?