Logo

हुक्का सेवनले स्वास्थ्यलाई जोखिम छैन ?

                     
Logo 2022-06-14 10:06     Desk

13

विराटनगर, ३१ जेठ । आजकाल हुक्का सेवन युवा–युवतीमा अत्यन्त्यै लोकप्रीय बन्दै गएको देखिन्छ । चुरोट तथा सुर्ती भन्दा कम असर गर्छ भन्ने गलत धारणा र विभिन्न स्वादका हुक्का पाइनुले युवा पुस्ता यसप्रति आकर्षित छन् । आजभोली त झन् रेष्टुरेन्ट र बार गएपछि हुक्का सेवन गर्दै सामाजिक सञ्जालमा तस्बिर राख्ने प्रवृत्ति फेसन जस्तै छ ।

जसले बालबालिकामा समेत नाकारात्मक असर गरिरहेको छ । कतिपय समाजमा त अझ हुक्का सेवनलाई प्रोत्साहन गरेको पाइन्छ । तर, हुक्का सेवनबारे यथार्थ फरक छ ।

स्वास्थ्य विज्ञहरुका अनुसार एकपटक हुक्का सेवन गर्नु भनेको १० देखि १५ खिल्ली चुरोट सेवन गर्नु जस्तै हो । एक घण्टा हुक्का सेवन गर्दा १०० देखि २०० वटा चुरोट सेवन गर्नु बराबर हुन्छ । हुक्कामा निकोटिन, भारी धातु, कार्बनमोनोअक्साइड, कार्सिनोजेनको मात्रा बढी हुन्छ । जसले स्वास्थ्यमा गम्भीर असर गर्दछ।

अत्यधिक हुक्का सेवनले संक्रमणको सम्भावना बढ्नुका साथै फोक्सो सम्बन्धी रोग, मुख, अन्ननली, मूत्रथैली, स्तन, पाठेघरको क्यान्सर र मुटु सम्बन्धी रोग जस्ता समस्या निम्त्याउँछ ।

धूम्रपान गर्ने व्यक्तिमा अकाल मृत्यु हुने सम्भावना धूम्रपान नगर्ने व्यक्तिको भन्दा २ देखि ३ गुणा बढी हुन्छ । निष्क्रिय धूम्रपान गर्ने व्यक्तिमा मुटु सम्बन्धी रोग र फोक्सोको क्यान्सर हुने उच्च जोखिम हुन्छ।

यसका असरहरू :

–विभिन्न क्यान्सर, फोक्सो, मुटु सम्बन्धी रोग, निकोटिन निर्भरता, मनोवैज्ञानिक असर, उच्च रक्तचाप, मधुमेह, एथेरोस्क्लेरोसिस, क्षयरोग हुन सक्छ ।

–शुक्राणुको संख्या, गुणस्तर घट्नु, पुरुष बाँझोपन ।

–वातावरण प्रदुषण ।

–गर्भावस्थामा धूम्रपान गर्दा समयपूर्व बच्चा जन्मनुका साथै नवजात शिशुको मृत्युसमेत हुने जोखिम ।

त्याग्ने उपायहरु

–धूम्रपानको तलतल लाग्दा पानी पिउने।

–स्वास्थ्य खानपान साथै दैनिक शारीरिक व्यायाम गर्ने।

–मदिरापान त्याग्ने ।

–६ देखि ८ घण्टा सुत्ने।

–स्वास्थ्य विज्ञबाट सल्लाह र सुझाव लिने।

धूम्रपानले स्वास्थ्यमा पार्ने असरको जनचेतना फैलाउँदै, हुक्का सेवन, धूम्रपान परित्याग गर्दै गम्भीर तथा तीव्र रोगहरूबाट बाँचौ र अरूलाई बचाऔँ ।


लोकप्रिय छुटाउनुभयो कि ?