
इसाई नारी समाज , विराटनगरको आयोजना र एफ जि टि चर्च, टि डब्लु आर एवं उद्यार नेपालको सहकार्यमा “महिला तथा परिवार सशक्तिकरण कार्यक्रम” अन्तर्गत विराटनगरमा संचालित तीन महिने सिलाई कटाई तालिम आज समापन भएको छ। विगत तीन महिना देखी चलिरेहको तालिमको समापन मङ्गलबार भएको हो ।
समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले महिला शिक्षित भए परिवार र समुदाय नै शिक्षित भएजस्तै सिपमूलक तालिम र यसको व्यवसायीक सफलताले परिवार र समुदायनै आर्थिक रुपले सवल हुने कुरा बताए ।
तालिममा उत्कृष्ट एक प्रशिक्षार्थीलाई मन्त्री केदार कार्कीले शिलाई मेशिन उपलब्ध गराउने घोषणा गरेका थिए ।
कार्यक्रम इसाई समाज विराटनगरका अध्यक्ष पा सुरज मल्लको सभापतित्वमा सम्पन्न भएको थियो।