Logo

आईसीसीले हटायो क्यानमाथि लगाएका सबै प्रतिबन्ध

                     
Logo 2022-06-14 07:06     Desk

13

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले नेपाल क्रिकेट संघ (क्यान) माथि लगाएका सबैखाले प्रतिबन्ध हटाएको छ ।

मंगलबार क्यानका अध्यक्ष चतुरबहादुर चन्दले विज्ञप्ति जारी गरी आईसीसीले नेपालमाथि लगाएका सबैखाले प्रतिबन्ध हटाएको जनाएका छन् । आईसीसीले कन्ट्रोल फन्डिङ (आर्थिक नियन्त्रण) पूर्ण रूपमा फुकुवा भएको पत्र जेठ ३० मा पठाएको विज्ञप्तिमा उल्लेख छ ।

निलम्बन फुकुवा गरे पनि आईसीसीले क्यानलाई कन्ट्रोल फन्डिङमा राखेको थियो। अब योसँगै नेपालले आईसीसीबाट अन्य एकदिवसीय मान्यता प्राप्त राष्ट्रसरहको आर्थिक अनुदान र गतिविधि गर्न पाउनेछ ।

यसअघि २०७६ असोज ११ र १२ मा क्यानले साधारण साधारणसभा गर्दै नयाँ कार्यसमिति चयन गरेपछि आईसीसीले  सशर्त निलम्बन फुकुवा गरेको थियो ।


लोकप्रिय छुटाउनुभयो कि ?