Logo

लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री वली प्रहरी नियन्त्रणमा

                     
Logo 2022-06-14 11:06     Desk

13

लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी वली खत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तुलसीपुर-५ स्थित एकराज बस्नेतको घरमा पुगेर उनकी श्रीमती र छोरीमाथि हातपात गरेको भन्दै प्रहरीमा उजुरी परेपछि स्वास्थ्यराज्यमन्त्री वलीलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको दाङ प्रहरी प्रमुख एसपी सुरेश काफ्ले जानकारी दिए ।

मन्त्री वली पीएसओसहित बस्नेतको घरमा पुगेको खुलेको छ । गत वर्ष विमला वली र एकराजको अस्वाभाविक फोटोसमेत बाहिरिएको थियो । तर, वलीले एकराजले फोटोसप गरेर तस्वीर सार्वजनिक गरेको भन्दै आपत्ति जनाएकी थिइन् ।


लोकप्रिय छुटाउनुभयो कि ?