Logo

विराटनगर विमानस्थल पीडित सडक संघर्षमा उत्रिए

                     
Logo 2022-06-13 09:06     Desk

13

विराटनगर, ३० जेठ । विराटनगर विमानस्थल विस्तारका लागि रोक्का गरिएको जग्गाको मुआब्जा वितरण नभएपछि मारमा परेका स्थानीयले सडक संघर्ष शुरु गरेका छन् ।

रोक्का राखिएको जग्गाको मुआब्जा वितरण नहुँदा विराटनगरका ३ सय ५० घरपरिवार संकटमा परेको भन्दै विराटनगर विमानस्थल पीडित संघर्ष समितिलेले आन्दोलन थालेको हो । मुआब्जाका लागि कागजात बुझाएको दुई वर्ष बितिसक्दा पनि सरकारले जग्गा रोक्का राखेको १ हजार ४ सय कित्ताको मुआब्जा नदिएकाले आफूहरु आन्दोलन गर्न बाध्य भएको संघर्ष समितिका संयोजक वेदराज पौडेलले बताए ।

विराटनगर ४ का स्थानीयहरुको लामो समयसम्म घरसहित जमिन रोक्का हुँदा ३५० घर परिवार आर्थिक संकटबाट गुज्रनु परेको पौडेलको भनाई छ । पीडितहरुले सरकारलाई सात दिन भित्र जमिनको मुआब्जाका लागि बजेटको सुनिश्चितता नगरे असार ६ गतेबाट सडक आन्दोनलमा उत्रने चेतावनी दिएका छन् ।

विराटनगर विमानस्थललाई क्षेत्रीयस्तरको विमानस्थल बनाउन २०७७ चैत २३ र २४ गते गोरखापत्र दैनिकमा जमिन अधिग्रहणको लागि सूचना प्रकाशित गरी जिल्ला प्रशासन कार्यालय मोरङ मार्फत जमिन रोक्का गरिएको थियो।


लोकप्रिय छुटाउनुभयो कि ?