Logo

जी-बब र परिवारबीच तीन बुँदे सहमति

                     
Logo 2022-06-13 09:06     Desk

13

पछिल्लो केही दिनदेखि पारिवारिक विवादका कारण चर्चामा रहेको र्‍यापर सुदीप भण्डारी (जी-बब) र उनको परिवारबीचको विवाद समाधानउन्मुख देखिएको छ । जी-बब, उनका बाबु राजकुमार भण्डारी र सुधारगृहबीच तीन बुँदे सहमति भएको हो ।

जिल्ला प्रहरी परिसर, काठमाडौंमा उनीहरूबीच सहमति भएको हो । सहमतिअनुसार जी-बबलाई उनको इच्छाअनुसार कपनस्थित समर्पण समाज नेपालको सुधारगृहमा राखिने भएको छ । सुधारगृहमा राख्दा जी-बबलाई अन्य व्यक्तिसरह नै राखिने सहमति भएको छ ।

त्यस्तै जी-बबले चाहेको समयमा बाबुआमासँग उनको भेट गराउने पनि सहमति भएको छ भने कुनै कार्यक्रममा भाग लिनु परेमा आमाबाबुको सहमति लिनुपर्ने सहमति भएको छ ।

जी-बबले गत शुक्रबार आफ्नै बाआमाविरुद्ध उजुरी दिएका थिए भने बाआमाले पनि उनलाई अपहरण गरेको भन्दै जी–बब संलग्न कम्पनीविरुद्ध उजुरी दिएका थिए ।

आइतबार पत्रकार सम्मेलन गरी जी–बबले पत्रकार सम्मेलन गर्दै आफूले स्वतन्त्र भएर हिँड्न पाऊँ भन्दै बा–आमाविरुद्ध निवेदन दिएको बताएका थिए । त्यसपछि पारिवारिक विवाद चर्चामा आएको थियो ।


लोकप्रिय छुटाउनुभयो कि ?