Logo

जोसँग विचार मिल्छ उसैसँग चुनावी तालमेल गर्छौंः देव गुरुङ

                     
Logo 2022-06-13 07:06     Desk

13

नेकपा (माओवादी केन्द्र) का नेता देव गुरुङले आगामी असार १५ गते बस्ने केन्द्रीय कमिटी बैठकले पार्टीको पदाधिकारी चयन गर्ने संकेत गरेका छन् ।

पार्टी संसदीय दलका प्रमुख सचेतकसमेत रहेका गुरुङले पार्टी पदाधिकारीको चयनका सम्बन्धमा आवश्यकताअनुसार केन्द्रीय कमिटी बैठक बसेर उपयुक्त समयमा निर्णय लिने बताए । सोमबार संसद भवन परिसरमा सञ्चारकर्मीहरूले पदाधिकारी नियुक्ती कहिले हुन्छ ? भनि प्रश्न गरेको थिए । आगामी असार १५ गते बस्ने बैठकले त्यसबारे आवश्यक निर्णय लिन सक्ने उनको जवाफ थियो ।

‘पदाधिकारीको विषयमा पार्टीले आवश्यकताअनुसार केन्द्रीय कमिटीको बैठक बसेर उपयुक्त समयमा निर्णय गर्न सक्छ । अब असारको १५ गते केन्द्रीय कमिटीको बैठक बस्ने भनेर भनिएको छ । सम्भवतः त्यो बैठकमा पनि हुन सक्दछ,' उनले भने ।

उनले एमाले अध्यक्ष ओली र माओवादीका नेता नारायणकाजी श्रेष्ठबीचको भेटलाई सामान्य रूपमा लिनुपर्ने बताए । 'एमाले अध्यक्ष ओली र नेता नारायणकाजी बीचको भेटघाट एउटै सदनमा, एउटै प्रक्रियामा रहेपछि नहुने प्रश्नै भएन । राष्ट्रिय स्वाधिनताको प्रश्नमा जोसँग विचार मिल्छ हामी उहीसँग चुनावी तालमेल गरेर जान्छौँ,' गुरुङले भने, 'विगतमा एमालेले संसद विघटन गरेर प्रतिगमनतिर गएकाले कांग्रेससँग सहकार्य गरेर स्थानीय तह निर्वाचनमा जानुपरेको हो ।’

राष्ट्रिय स्वाधिनताको सवालमा निकट रहेको पार्टीसँग आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सहकार्य गरेर जान सकिने उनको भनाइ थियो ।


लोकप्रिय छुटाउनुभयो कि ?