Logo

किसानहरूलाई सहज रूपमा रासायनिक मल उपलब्ध गराउन संसदको निर्देशन

                     
Logo 2022-06-13 05:06     Desk

13

काठमाडौं । किसानहरूलाई सहज रूपमा रासायनिक मल उपलब्ध गराउन सम्भाव्य सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिँदै प्रतिनिधिसभाले विशेष प्रस्ताव पारित गरेको छ ।

आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पेस गरेको अत्यन्त जरुरी सार्वजनिक महत्त्वको स्थगन प्रस्ताव, त्यसउपर छलफलमा भाग लिएका ४८ जना सांसद र कृषिमन्त्रीको जवाफको पृष्ठभूमिमा सबैको समान धारणा देखिएकोले सभामुख अग्निप्रसाद सापकोटाले विशेष प्रस्ताव सदनमा पेस गरेका थिए ।

सो विशेष प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।


लोकप्रिय छुटाउनुभयो कि ?