Logo

बामपन्थी मारवाडी युवा संगठन मोरङद्वारा विराटनगर महानगरका जनप्रतिनिधिहरुलाई बधाई तथा सम्मान

                     
Logo 2022-06-06 01:06     Desk

13

विराटनगर, २३ जेठ । नेकपा (एमाले) निकट नेपाल बामपन्थी मारवाडी युवा संगठन मोरङले विराटनगर महानगरपालिकाका नव निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ ।

विराटनगरमा आइतबार साँझ एक कार्यक्रमका बिच गत ३० वैशाखमा सम्पन्न स्थानीयतहको निर्वाचनमा एमालेबाट निर्वाचित महानगरपालिकाका जनप्रतिनिधिहरुलाई सम्मान गरेको हो ।

एमालेबाट निर्वाचित उपमेयर शिल्पा निराला कार्की, ९ वडाका वडाध्यक्ष, ३३ जना वडा सदस्य सहित भर्खरै सम्पन्न कार्यपालिकाको निर्वाचनमा निर्वाचि सवै जनप्रतिनिधिहरुलाई सम्ममान गरिएको हो ।

सो अबसरमा नेपाल बामपन्थी मारवाडी युवा संगठन मोरङका अध्यक्ष अरुण राठीसहित संगठनमा आवद्ध पदाधिकारी र सदस्यहरुले जनप्रतिनिधिहरुलाई बधाई दिँदै खादा माला लगाएर सम्मान गरेका थिए । कार्यक्रममा मारवाडी समुदायका अगुवा महिलाहरुले उपमेयर कार्कीलाई चुनरी ओढाएरसमेत सम्मान गरेका थिए ।

कार्यक्रममा नेपाल बामपन्थी मारवाडी युवा संगठन मोरङका अध्यक्ष अरुण राठीले पछिल्लो समय देशको अर्थतन्त्र ओरालो लागेको बताए । उनले एमालेले मात्र देशको आर्थिक अवस्था उकास्ने र नेपाललाई समृद्ध नेपाल सुखि नेपालीको दिशामा अघि बढाउने दावी गरे ।

कार्यक्रममा प्रमुख अतिथी नेकपा (एमाले) का स्थायी कमिटी सदस्य गुरु बरालले उद्योग व्यवसायका क्षेत्रमा अब्बल मारवाडी समुदाय राजनीतिमा समेत सकृय सहभागिता जनाउनुपर्नेमा जोड दिए । उनले एमालेले मारवाडी समुदायलाई प्रथामिकतामा राखेको बताए ।

एमाले केन्द्रीय सदस्य विनोद ढकालले आर्थिक राजधानीको पहिचान बनाएको विराटनगर पछिल्लो समय ओझेलमा परेको बताउँदै देशकै आर्थिक मेरुदण्ड मनाउने दिशामा अघि बढ्न मारवाडी समुदार र एमाले हातेमालो गर्दै अघि बढ्नुपर्ने बताए ।

केन्द्रीय सदस्य तथा आर्थिक विभाग प्रमुख मोतिलाल दुगडले कांग्रेसलगायत अन्य पार्टीले मारवाडी समुदायलाई भोट बैंक र आर्थिक लाभका लागि मात्र प्रयोग गर्दै आएको बताउँदै एमालेले मात्र सो समुदायलाई सम्मान दिएको दावी गरे ।

कार्यक्रममा नेकपा (एमाले) विराटनगर महानगर कमिटीका अध्यक्ष सागर थापाले प्राविधिकरुपमा मेयरमा पराजित भएपनि उपमेयरसहित कार्यपालिकामा एकल बहुमत रहेकाले अब महानगर एमालेकै नेतृत्वमा रहेको बताए । उनले महानगर एमालेकै नेतृत्वमा रहेकाले आगामी पाँच वर्षमा सवैको अपनत्व हुनेगरी विराटनगरको चौतर्फी विकासमा लागि पर्ने बताए ।

कार्यक्रममा एमाले प्रदेश कमिटी सदस्य तथा बामपन्थी मारवाडी युवा संगठनका संस्थापक अध्यक्ष मनोज अग्रवालले मारवाडी समुदायमा राजनीतिबाट टाढा रहने संस्कार रहेकाले राजनीतिमा सकृय सहभागिता जनाई त्यसलाई चिर्नुपर्ने बताए । उनले एमालेले मात्र मारवाडी समुदायलाई राजनीतिकरुपमा अवसर प्रदान गरेकाले सम्पूर्ण मारवाडी समुदाय एमालेमा आवद्ध हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा मारवाडी समुदायका अगुवा राजेश बगडीयाले महानगर कमिटी अध्यक्ष तथा मेयरका प्रत्याशी सागर थापा प्राविधिकरुपले निर्वाचनमा पराजित भएपनि उपमेयरसहित नगरसभामा बहुमत आफ्नो पक्षमा पारेर जितेको बताए । उनले विराटनगरमा मारवाडी समुदायका उद्योगी, व्यवसायीलाई आईपर्ने सवै समस्यामा एमालेले साथ दिने विश्वास व्यक्त गरे ।

सो अबसरमा एमाले केन्द्रीय सदस्य रामलाल साह, प्रदेश कमिटी सदस्य खेम नेपाली, मोरङ उपाध्यक्ष बाबुराम कार्की, सचिव रुपेश खतिवडालगायत मारवाडी समुदायका अगुवाहरुको उल्लेख्य संख्यामा उपस्थिती रहेको थियो ।

नेपाल बामपन्थी मारवाडी युवा संगठन मोरङका अध्यक्ष अरुण राठीको अध्यक्षतामा सम्पन्न कार्यक्रम महासचिव मयुर अग्रवालले सञ्चालन गरेका थिए ।

 


लोकप्रिय छुटाउनुभयो कि ?