Logo

लखनउलाई पराजित गर्दै बैंगलोर क्वालिफायरमा

                     
Logo 2022-05-26 10:05     Desk

13

रोयल च्यालेन्जर्स बैंगलोरले इन्डियन प्रिमियर लिग (आईपीएल)मा लखनउ सुपर जाइन्ट्सलाई १४ रनले हराउँदै टी २० क्रिकेट प्रतियोगिताको क्वालिफायरमा प्रवेश गरेको छ ।

लखनउ पराजित भए संगै प्रतियोगिता बाट बाहिरिएको छ । अब बैंगलोरले दोस्रो क्वालिफायरमा राजस्थान रोयल्ससँग खेल्नेछ ।

राजस्थान पहिलो क्वालिफायरमा गुजरात टाइटन्ससँग पराजित भएको थियो । गुजरात फाइनल पुगिसकेको छ ।

बुधबार राति भएको एलिमिनेटरमा बैंगलोरले दिएको २०८ रनको लक्ष्य पछ्याएको लखनउले २० ओभरमा ६ विकेट गुमाएर १९३ रनमा समेटियो ।

लखनउका कप्तान केएल राहुलले सर्वाधिक ७९ रन बनाए । बैंगलोरका जोश हाजलउडले ३ विकेट लिए ।

त्यसअघि कोलकत्तामा टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ४ विकेट गुमाएर २०७ रनको योगफल तयार पारेको थियो ।

बैंगलोरका लागि रजत पटीदरले अविजित ११२ रन बनाए ।


लोकप्रिय छुटाउनुभयो कि ?