Logo

लखनउलाई हराउँदै बैंगलोर आईपीएलको क्वालिफायरमा

                     
Logo 2022-05-26 10:05     Desk

13

रोयल च्यालेन्जर्स बैंगलोर इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको क्वालिफायरमा प्रवेश गरेको छ । लखनउ सुपर जाइन्ट्सलाई १४ रनले हराउँदै बैंगलोर प्रतियोगिताको क्वालिफायरमा प्रवेश गरेको हो ।

पराजित लखनउ भने बाहिरिएको छ । अब बैंगलोरले दोस्रो क्वालिफायरमा राजस्थान रोयल्ससँग खेल्नेछ ।राजस्थान पहिलो क्वालिफायरमा गुजरात टाइटन्ससँग पराजित भएको थियो । गुजरात फाइनल पुगिसकेको छ ।

बुधबार राति भएको एलिमिनेटरमा बैंगलोरले दिएको २ सय ८ रनको लक्ष्य पछ्याएको लखनउले २० ओभरमा ६ विकेट गुमाएर १ सय ९३ रन मात्रै बनाउन सक्यो । लखनउका कप्तान केएल राहुलले सर्वाधिक ७९ रन बनाए । बैंगलोरका जोश हाजलउडले ३ विकेट लिए ।

यसअघि कोलकातामा टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ४ विकेट गुमाएर २ सय७ रनको विशाल योगफल तयार पारेको थियो । बैंगलोरका लागि रजत पटीदरले अविजित १ सय १२ रन बनाए । दिनेश कार्तिकले अविजित ३७ रन जोड्दा विराट कोहलीले २५ रन बनाए ।


लोकप्रिय छुटाउनुभयो कि ?