Logo

एसईई दिएका विराटनगरका विद्यार्थीहरुका लागि एमईएस ईन्टरनेशनल सकुल द्बारा निःशूल्क सेमिनार

                     
Logo 2022-05-22 04:05     Hamro Biratnagar

13

विराटनगर जेठ ८ गते । आगामी जेठ १२ गते कक्षा १० को एसईई परिक्षा दिएर बसेका विद्यार्थीहरुका लागि विराटनगरस्थित होटल इष्टर्न स्टारमा भारतको केरलास्थित एमईएस इन्टरनेशनल स्कुलको आयोजनामा सेमिनार हुने भएको हो ।

उक्त सेमिनारले एसईई दिएका विद्यार्थीहरुलाई उच्च शिक्षाका लागि र करियर छनौटका विषयमा सहयोग पुर्याउने र कक्षा ११ मा छनौट गर्नुपर्ने बिषय र उपयुक्त कलेजका सम्बन्धमा विद्यार्थीहरुलाई स्पष्ट पार्ने छन् । सेमिनारको आयोजना कलेजका पूर्व विद्यार्थी विराटनगरका प्रसिद्ध थापा काजीले गरेका हुन् ।

निःशूल्क सेमिनारसँगै कलेजमा एमईएसमा प्लस टु तहमा नयाँ भर्ना समेत खुलेको बताइएको छ । प्लस टु को विज्ञान तथा व्यवस्थापन संकायमा नयाँ भर्ना खुलेको कलेजले जनाएको हो ।करियर सम्बन्धी उचित परामर्श, दक्ष तथा अनुभवी शिक्षक, व्यक्तित्व विकास र अतिरिक्त क्रियाकलाप तथा प्रतिस्पर्धात्मक वातावरणमा पठनपाठनको योजनाबद्ध कार्यक्रम लगायतका सुविधाहरु एमईएसमा रहेकाले विद्यार्थीहरुले थप पठनपाठनका लागि एमईएसमा भर्ना लिन सक्ने कलेजको भनाई छ ।

उक्त सेमिनारमा भाग लिनका लागि ९८५२०२०६०५ र ९८२३१४२७८ मा सम्पर्क गरि निःशूल्क दर्ता गरउन सकिनेछ ।


लोकप्रिय छुटाउनुभयो कि ?