Logo

पोखराको मेयरमा एकीकृत समाजवादीका आचार्यको अग्रता

                     
Logo 2022-05-22 03:05     Desk

13

पोखरा महानगरपालिकामा सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका मेयर उम्मेदवार धनराज आचार्यले अग्रता कायमै राखेका छन्।

अहिलेसम्म एक लाख चार हजार दुई सय १२ मत गणना गरिएको छ।

मेयर उम्मेदवार आचार्य अहिलेसम्म तीन हजार तीन सय ९५ मतले अघि छन्।

आचार्यले ४१ हजार ७०५ मत प्राप्त गर्दा उनका निकटतम प्रत्याशी नेकपा एमालेका कृष्णबहादुर थापाले ३८ हजार ३१० मत ल्याएका छन्।


लोकप्रिय छुटाउनुभयो कि ?