Logo

विराटनगरमा एसईई दिएका विद्यार्थीहरुका लागि निःशूल्क सेमिनार

                     
Logo 2022-05-21 03:05     Hamro Biratnagar

13

विराटनगर । आगामी जेठ १२ गते विराटनगरमा एसईई परिक्षा दिएका विद्यार्थीहरुका लागि निःशुल्क समेमिनार हुने भएको छ । कक्षा १० को एसईई परिक्षा दिएर बसेका विद्यार्थीहरुका लागि सेमिनार हुने भएको हो ।

विराटनगरस्थित होटल इष्टर्न स्टारमा भारतको केरलास्थित एमईएस इन्टरनेशनल स्कुलको आयोजनामा सेमिनार हुने जनाइएको छ ।

एसईई दिएका विद्यार्थीहरुलाई उच्च शिक्षाका लागि र करियर छनौटका विषयमा सहयोग पु¥याउन सेमिनारको आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

कक्षा ११ मा छनौट गर्नुपर्ने बिषय र उपयुक्त कलेजका सम्बन्धमा विद्यार्थीहरुलाई स्पष्ट पार्न सेमिनारको आयोजना गरिएको कलेजका पूर्व विद्यार्थी प्रसिद्ध थापा काजीले जानकारी दिए ।

निःशूल्क सेमिनारसँगै कलेजमा एमईएसमा प्लस टु तहमा नयाँ भर्ना समेत खुलेको बताइएको छ । प्लस टुु को विज्ञान तथा व्यवस्थापन संकायमा नयाँ भर्ना खुलेको कलेजले जनाएको हो ।

करियर सम्बन्धी उचित परामर्श, दक्ष तथा अनुभवी शिक्षक, व्यक्तित्व विकास र अतिरिक्त क्रियाकलाप तथा प्रतिस्पर्धात्मक वातावरणमा पठनपाठनको योजनाबद्ध कार्यक्रम लगायतका सुविधाहरु एमईएसमा रहेकाले विद्यार्थीहरुले थप पठनपाठनका लागि एमईएसमा भर्ना लिन सक्ने कलेजको भनाई छ । सेमिनारको आयोजना कलेजका पूर्व विद्यार्थी विराटनगरका प्रसिद्ध थापा काजीले गरेका हुन् ।


लोकप्रिय छुटाउनुभयो कि ?