Logo

मुख्यमन्त्रीकी श्रीमती गाउँपालिका उपाध्यक्षमै पराजित

                     
Logo 2022-05-20 02:05     Desk

13

मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतकी पत्नी जलेखा खातुन गाउँपालिकाको उपाध्यक्षमा पराजित भएकी छिन् ।

जसपाका तर्फबाट पर्साको जगरनाथपुर गाउँपालिकाको उपाध्यक्षमा उठेकी जलेखा पराजित भएकी हुन् । जलेखालाई कांग्रेसकी वविता सिंहले पराजित गरेकी हुन् । उपाध्यक्षमा निर्वाचित कांग्रेसकी सिंहले ५ हजार ५३१ मत पाइन् ।

दोस्रो भएकी एमालेकी मीरादेवी कुर्मीले ३ हजार ३४५ मत पाउँदा तेस्रो भएकी जसपाकी जलेखाले ३ हजार १२३ मत मात्रै पाइन् । गाउँपालिकाको अध्यक्षमा भने कांग्रेसका श्रीकान्त यादव निर्वाचित भएका छन् ।

अध्यक्षमा निर्वाचित यादवले ५ हजार ७४९ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी एमालेका महमद सलिम मन्सुरले ३ हजार ९२६ मत पाए ।


लोकप्रिय छुटाउनुभयो कि ?