
मोरङको विराटनगर महानगरपालिकाको मेयरमा कांग्रेसका नागेश कोइरालाले ६ हजार ४ सय ७७ मतको अग्रता बनाएका छन् ।
पछिल्लो मतगणनाअनुसार मेयरमा कांग्रेसका नागेश कोइरालाले २५ हजार ३ सय १२ मत पाएका छन् । कोइरालालाई पछ्याइरहेका एमालेका सागर थापाले १८ हजार ८ सय ३५ मत पाएका छन् ।
एमालेकी शिल्पा कार्की गठबन्धनका उम्मेदवार जसपाका अमरेन्द्र यादवभन्दा अघि छिन् ।
शिल्पाले २२ हजार १४ मत पाउँदा उनलाई पछ्याइरहेका जसपाका यादवले १२ हजार ३ सय ६६ मत पाएका छन् ।