
मोरङको बेलबारी नगरपालिकाको मेयरमा नेकपा एमालेका दिलप्रसाद राई निर्वाचित भएका छन्।
राईले १६ हजार ४२२ मत ल्याएर विजयी बन्दा नेपाली कांग्रेसका महेन्द्रप्रसाद सुवेदीले १५ हजार ६२० मत ल्याए।
उपमेयरमा भने कांग्रेसकी नितु थापा १३ हजार ७३१ मत ल्याएर विजयी भएकी छन्। एमालेकी तिलकुमारी गौतमले १३ हजार ६०५ मत ल्याएकी थिइन्।
बेलबारीमा कांग्रेसले १,४,६,९,१० र ११ नम्बर वडा जितेको छ भने एमालेले २, ३, ५ र ७ नम्बर वडा जितेको छ।