
मोरङको रतुवामाई नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका नागेश्वरप्रसाद सिंह गंगाई विजयी भएका छन्। उनले १३१३५ मत पाएका छन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका दुर्गाबहादुर विष्टले ११२५२ मत ल्याएका छन्।
उपमेयरमा भने एमालेकी दमयन्तादेवी चुडालले जितेकी छन्। उनले माओवादी केन्द्रका सुमन कालिकोटेलाई हराएकी हुन्। चुडालले ९३७४ मत पाउँदा कालिकोटेले जम्मा ८४७९ मत पाएका हुन्।