
भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी रेनु दाहालले ३ हजार २६७ मतको अग्रता लिएकी छिन् ।
५५ हजार ६८० मतगणना हुँदा मेयरमा माओवादी केन्द्रकी रेनुले २१ हजार ८५ मत पाएकी छिन् । रेनुलाई पछ्याइरहेकी एमालेका विजय सुवेदीले १७ हजार ८१८ मत प्राप्त गरेका छन् ।
कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले भने ८ हजार २६ मत पाएका छन् ।
उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले २३ हजार ४८७ मत पाएका छन् । उनलाई पछ्याइरहेकी राप्रपाकी हिमला गुरुङले १४ हजार १४४ मत पाएकी छिन् ।