Logo

मोरङको रंगेलीमा एमाले उम्मेदवार दिलिप बगडीयाको अग्रता, गठबन्धनका घिमिरे पछिपछि

                     
Logo 2022-05-14 12:05     Desk

13

विराटनगर, ३१ वैशाख । मोरङको रंगेली नगरपालिकामा पनि एमालेले अग्रता कायम गरेको छ । हालसम्मको मतगणनामा एमालेका उम्मेदवार दिलिप बगडीया ४८० मतसहित अग्रस्थानमा छन् ।

सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसले मोदराज धिमिरेले ३७३ मत प्राप्त गर्दै पछ्याईरहेका छन् । उपमेयरमा पनि एमालेकै भूमा पराजुलीले ४६५ फराकिलो मत अन्तरसहित अग्रता कायम गरेकी छिन् । उनका निकटतम प्रतिद्न्दी सत्ता गठबनधनबाट उम्मेदवार बनेका जसपाका पन्नालाल मण्डलले १५३ मत मात्र प्राप्त गरेका छन् ।

रंगेलीमा एमालेविरुद्ध कांग्रेस, माओवादी केन्द्र र जसपाले गठबन्धन गरेका छन् । निवर्तमान मेयर समेत रहेका एमाले उम्मेदवार बगडीया केही महिना पहिले एमाले प्रवेश गरेका थिए ।

उनी २०७४ सालको निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित भएका थिए ।


लोकप्रिय छुटाउनुभयो कि ?