
विराटनगर, ३१ व्ैशाख । मोरङको बलबारी नगरपालिकामा पनि एमालेले सुरुवाती अग्रता कायम राखेको छ ।
५०० मत गणना सकिँदा एमालेका उम्मेदवार झण्डै दोब्बर मत अन्तरले अग्रता बनाएका हुन् ।
मेयरमा एमालेका डिपी राईले ३०१ ल्याउँदा कांग्रेसका महेन्द्र सुवेदीले १५७ मात्र मत प्राप्त गरेका छन् । यतिबेला वडा नं १,२ र ११ नम्बर वडाको मतगणना जारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।