
पछिल्लो ४ दिनसम्म लगातार बढिरहेको सेयर बजार बिहीबार भने घटेको छ । नेपाली सेयर बजार परिसूचक नेप्से बिहीबार १८.६४ अंक घटेर २३५० मा कायम भएको छ ।
बिहिबार बजारमा भने २ अर्ब ३२ करोड रुपैयाँको कारोबार भएको छ।
आज झन्डै सबै उप-समूहको अंक घटेको छ । उत्पादन ८० र अन्य उपसमूह ७ अंकले बढे भने बैंकिङ १, विकास बैंक ८९, फाइनान्स ९, होटल तथा पर्यटन ३४, जलविद्युत् ५३, जीवन बीमा २५७, माइक्रोफाइनान्स ७४, निर्जीवन बीमा ८३ र ब्यापार उपसमूह २९ अंकले घटे ।