Logo

धादिङमा कांग्रेस र माओवादीका कार्यकर्ताबीच झडप

                     
Logo 2022-05-12 11:05     Desk

13

धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ६ भोर्लेमा नेपाली कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको छ । झडपमा नेपाली कांग्रेसका वडा अध्यक्ष उम्मेदवार भुपेन्द्रकुमार श्रेष्ठ गम्भीर घाइते भएका छन् ।

उनको टाउको, दाहिने आँखा, दाँतलगायत शरीरको विभिन्न ठाउँमा चोट लागेको छ । झडपमा परी अन्य २० जना भन्दा बढी घाइते भएका छ्न् ।

घाइतेहरुको धादिङ अस्पतालमा उपचार भइरहेको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?