Logo

निजी र सरकारी विद्यालयमा पनि सातामा दुई दिन बिदा हुने

                     
Logo 2022-05-11 04:05     Desk

13

नेपाल सरकारले जेठ १ गते देखि सातामा दुई दिन बिदा दिने निर्णय निजी तथा सार्वजनिक बिद्यालयमा पनि लागु गर्ने भएको छ। बुधबार शिक्षा मन्त्रालयमा बसेको मन्त्रालयको बैठकले जेठ १ गतेदेखि शनिबार र आइतबार विद्यालयमा बिदा दिने औपचारिक निर्णय गरेको हो ।

शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार अब शनिवारबाहेक आइतबार पनि विद्यालय बन्द रहने छ । हाल रहेको विद्यालय समयलाई यथावत राखी शुक्रबार आधा छुट्टीको व्यवस्था भने हटाइएको छ ।

त्यसैगरी हिउँदे बिदा, वर्षे विदा, स्थानीय बिदा वा पर्व बिदाहरुलाई कटौती गरी अब वर्षमा अधिकतम ३० दिन मात्रै बिदा दिन पाइने भएको छ । पाठ्यभार पुराउनका लागि बिदा अवधि छोट्याइएको प्रवक्ता शर्माले बताएका छन् ।


लोकप्रिय छुटाउनुभयो कि ?