Logo

साग स्वर्ण पदक विजेता सञ्जु चौधरी मृत फेला

                     
Logo 2022-05-10 10:05     Desk

13

भारोत्तोलन खेलमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक जितेकी सञ्जु चौधरी मृत अवस्थामा फेला परेकी छन्।

प्रहरीले जनाए अनुसार एसियाली प्रतियोगिताको प्रशिक्षणकै क्रममा ललितपुरको महालक्ष्मी नगरपालिका ९ लुभुमा प्रशिक्षक सञ्जय महर्जनको घरमा बस्दै आएकी चौधरी मंगलबार बिहान मृत फेला परेकी हुन्।

बाँकेको राप्ती सोनारी गाँउपालिका स्थायी घर भएकी २३ वर्षिया सञ्जुले काठमाडौंमा भएको १३ औं सागमा भारोत्तोलनमा स्वर्ण पदक जितेकी थिइन्।

केही दिनअघि भएको एसियाली छनोटमा भाग लिन उनी काठमाडौं आएकी थिइन्।


लोकप्रिय छुटाउनुभयो कि ?