
विराटनगर हार्डवेयर संघले संघमा आबद्द व्यवसायीलाई उधारोमा सामान बिक्रि वितरण गर्नु अगाडी हुने जोखिमको मूल्यांकन गरेर मात्र व्यवसाय संचालन गर्न विज्ञप्ति जारी गरेको छ। संघका महासचिव कमल अग्रवाल द्वारा हस्तक्षार गरिएको विज्ञप्तिमा उप्रान्त उधारोमा कारोबार गर्दा व्यवसायीलाई जोखिम पर्ने भन्दै सबै हार्डवेयर व्यवसायीलाई सचेत बनाइएको छ।
संघले जारी गरेको विज्ञप्तिमा भारत लगायत तेस्रो मुलुक बाट आयात गर्दा हाल शत प्रतिशत मार्जिन राखेर एलसी राखेर र एडभान्समा पेमेन्ट गरेर मात्र आयात गर्नु परेको भन्दै आयात गरिएको सामान उधारोमा बिक्रि वितरण गर्दा व्यवसायी लाई मार पर्ने भएकोले व्यवसायी लाई सचेत गराएको छ।