Logo

स्थानीय तह निर्वाचन : आज साँझ ५ बजेसम्म उम्मेदवारी फिर्ता लिन समय

                     
Logo 2022-04-29 11:04     Desk

13

बैशाख ३० गते हुने स्थानीय तह निर्वाचन उम्मेदवारी फिर्ता लिन चाहनेहरूले आज अपरान्ह ५ बजेसम्म फिर्ता लिन सक्ने निर्वाचन आयोगले बताएको छ।

वैशाख ११ र १२ मा उम्मेदवारी दर्ता गरेकाहरूले केही कारणले उम्मेदवारी फिर्ता लिन चाहे मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृत कार्यालय पुगेर उम्मेदवारी फिर्ता लिन सक्नेछन्।

आयोगले आजै उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गर्ने तयारी पनि गरेको छ।


लोकप्रिय छुटाउनुभयो कि ?