Logo

देउवाले कारबाही गरेपछि प्रदेश सांसद मल्लले त्यागे पद

                     
Logo 2022-04-28 03:04     Desk

13

नेपाली कांग्रेस डडेल्धुरा जिल्ला समितिको निवर्तमान सभापति तथा सुदूरपश्चिम प्रदेशसभा सांसद कर्णबहादुर मल्लले प्रदेशसभा सांसद पद त्यागेका छन्। बिहीबार डडेल्धुरामा पत्रकार सम्मेलनको आयोजना गर्दै मल्लले प्रदेशसभा सदस्यबाट राजीनामा दिएकाे घोषणा गरेका हुन्।

‘राणा कालमा तत्कालीन श्री ३ शासकहरूले आफ्नो गौणका हाकिम हटाएझैं नेपाली कांग्रेसको विधि विधान कुल्चेर मलाई दोस्रो पटक कांग्रेसको साधारण सदस्यसमेत नरहने गरी हटाइएको छ,’ उनले भने, ‘मलाई यो पार्टीबाट प्रदेशसभाको निर्वाचित सांसद पदमा रहन नैतिकताले दिँदैन। आजदेखि म प्रदेशसभा सांसद नरहेको घोषणा गर्दछु।’

कांग्रेस पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको समेत जिल्ला रहेको डडेल्धुरामा देउवा पक्षले मल्ल समूहलाई सामेल हुन् नदिएर एकलौटी रूपमा सातौं जिल्ला अधिवेशन तथा १४औं महाधिवशेन गरेको भन्दै मल्ल लामो समयदेखि देउवा बिरुद्ध संघर्षमा थिए।

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मल्ल निकट नेताहरु नेपाली कांग्रेस बिपीबाट चुनाव लड्ने भन्दै एमालेसँग गठबन्धन गरेपछि देउवाले कांग्रेसको साधारण सदस्यसमेत नरहने मल्ल लाई कारबाही गरेका थियो।


लोकप्रिय छुटाउनुभयो कि ?