Logo

दुई दिने विदा विद्यालय तथा क्याम्पस पनि लागु हुने

                     
Logo 2022-04-27 05:04     Desk

13

सरकारले जेठ १ गते देखी सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेपछि शिक्षण संस्था पनि शनिबार र आइतबार बन्द हुने भएका छन् । शिक्षामन्त्री देवेन्द्र पौडेल अनुसार विद्यालय र क्याम्पस पनि जेठ १ गते देखी दुई दिन बन्द हुने निर्णय गरेको हो ।

जेठ १ गते देखी सोमबारदेखि शुक्रबारसम्म विद्यालयका कक्षा बिहान ९: ३० बजेदेखि साँझ ४:३० सम्म सञ्चालन हुने मन्त्री पौडेलले बताए । बिहान १० बजेदेखि ५ बजे सम्म सञ्चालन हुने कार्यालय भने बिहान साढे ९ बजे खुल्ने र साँझ साढे ५ बजे बन्द हुनेछन् ।

विदेशी मुद्रा सञ्चिति घट्दो र शोधनान्तर घाटा बढ्दो स्थितिले अर्थतन्त्रमा जोखिम बढेपछि सरकारले सार्वजनिक बिदा बढाउने निर्णय आज सार्वजिनक गरेको हो ।


लोकप्रिय छुटाउनुभयो कि ?