Logo

‘राष्ट्र बैंक प्रदेश स्तरिय फुटसल कप’को उपाधी नबिल बैंकले जित्यो

                     
Logo 2022-04-26 07:04     Desk

13

नेपाल राष्ट्र बैंक बिराटनगर द्वारा आयोजित प्रदेश १ स्तरिय फुटसलको उपाधी नबिल बैंकले जितेको छ। फाइनल भिडन्तमा एन आइ सि एसियालाइ 1-0 ले हराउदै नबिल बैंकले उपाधी जितेको हो। खेलमा नबिल बैंकका स्ट्राइकर रोशन तामाङले एकमात्र गोल गरे।

यसअघि नबिलले सिद्धार्थ बैंकमाथी सेमिफाइनलमा, ग्लोबल आइ एम इ बैंक माथी क्वाटरफाइनलमा, सानिमा बैंकमात्जी राउन्ड अफ सिक्सिटिनमा र कामना सेवा बिकास बैंकमाथी पहिलो चरणमा जित हासिल गरेको थियो।

सबै प्रतियोगिता नक आउट पद्दतिमा खेलाइएको थियो।


लोकप्रिय छुटाउनुभयो कि ?