Logo

विराटनगर: यी हुन् एमालेका वडाध्यक्षका उम्मेदवारहरु

                     
Logo 2022-04-26 10:04     Desk

13

निर्वाचन आयोगले तोकेको मनोनयन दर्ताको अन्तिम दिन विराटनगर महानगरपालिकाको १९ वटा वडाहरुमा एमालेको तर्फ बाट वडाध्यक्षका उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन्। सोमबार विराटनगर महानगरपालिकाको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर वडाध्यक्षका उम्मेदवारहरुले एमालेको तर्फ बाट आफ्नो मनोनयन दर्ता गराएका हुन्।

एमालेले विराटनगर महानगरपालिकाको वडाध्यक्ष पदमा वडा नं १ मा काजी बस्नेत , वडा नं २ मा कुमार पोखरेल , वडा नं ३ मा बासु बस्नेत ,वडा नं ४ मा जीतन थापा, वडा नं ५ मा निवर्तमान वडाध्यक्ष मिनकुमार आचार्य , वडा नं ६ मा अनिस आलम , वडा नं ७ मा दामोदर तिवारी लाई उम्मेदवार बनाएको छ।

त्यस्तै , एमालेले वडा नं ८ मा राम पोखरेल , वडा नं ९ मा श्रीप्रकाश तोतला , वडा नं १० मा अर्जुन गिरि , वडा नं ११ मा निवर्तमान वडाध्यक्ष तिर्थेन्द्र न्यौपाने , वडा नं १२ मा भोला बराल लाई महानगरको वडाध्यक्षको टिकट दिएको छ।

महानगरको वडा नं १३ मा किशोर पोखरेल , वडा नं १४ मा सुर्यनारायण महतो , वडा नं १५ मा धर्मानन्द संजेल , वडा नं १६ मा कुमार महर्जन , वडा नं १७ मा हमिद अन्सारी , वडा नं १८ मा भुवनेश्वर यादव र वडा नं १९ मा श्याम घिमिरे लाई वडाध्यक्षको प्रत्याशीको रुपमा खडा गरेको छ।

सोमबार नै एमालेको तर्फ बाट मेयरको उम्मेदवार सागर थापा र उप-मेयरको उम्मेदवार शिल्पा निरौला कार्कीले पनि आफ्नो उम्मेदवारी दर्ता गराइ सकेका छन्।


लोकप्रिय छुटाउनुभयो कि ?