Logo

वीरगञ्ज : मेयरमा एमालेका सरावगीले उम्मेदवारी दर्ता

                     
Logo 2022-04-25 05:04     Desk

13

नेकपा एमालेको तर्फ बाट वीरगञ्ज महानगरपालिकाको मेयरमा विजयकुमार सरावगीले उम्मेदवारी दर्ता गराएका छन् । उनले प्रमुख जिल्ला निर्वाचन अधिकृतको कार्यालयमा गएर आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

सरावागीले केहीसमय अघि मात्रै जनता समाजवादी पार्टी परित्याग गरेर एमालेमा प्रवेश गरेका थिए । उनलाई एमालेले टिकट दिने निश्चित भएपछि दल बदलेका थिए । उनले उम्मेदवारी दर्ता गराएपछि प्रतिक्रिया दिदै आफूले जित्ने दाबी गरे ।

सत्ता गठबन्धनबाट जसपाको भागमा परेको वीरगञ्जमा उम्मेदवारी दर्ता हुन भने बाँकी नै छ । मेयर पदको लागि वीरगञ्जमा अहिले सम्म १७ जनाको उम्मेदवारी परिसकेको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?