
विराटनगर महानगरपालिका वडा नं ९ मा नेकपा एमालेका श्रीप्रकाश तोत्लाले वडाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन्। सोमबार निर्वाचन आयोगले मनोनयन लाई तोकेको अन्तिम दिनमा तोत्लाले आफ्नो टिम सहित वडाध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन्।
एमालेको महानगरपालिका मेयर को उम्मेदवार सागर थापा र उपमेयरको उम्मेदवार शिल्पा निरौला कार्की सहित उम्मेदवारी दर्ता गराउन पुगेको तोत्लाको समूह बाट खुल्ला वडा सदस्यमा राजेश कुमार भगत र रहिस अन्सारी महिला सदस्यमा अनु आचार्य पोखरेल र दलित महिला सदस्यमा दुर्गा चेल पासवानले उम्मेदवारी दर्ता गराएका छन्।
एमालेको समर्थक तथा कार्यकर्ताको सहितको टोलीले विराटनगर महानगरपालिकाको मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका थिए।