
गठबन्धनमा भरतपुरको मेयर भाग परेको नेकपा माओवादी केन्द्रका पूर्व मेयर रेणु दाहालमाथि कांग्रेसको नेताको बागी उम्मेद्वारी परेको छ । गठबन्धनबाट भरतपुर महानगरपालिकाको मेयर पदमा रेणुमाथि कांग्रेस नेताले उम्मेदवारी दर्ता गराएका हुन् ।
पूर्वसांसद एवं नेपाली कांग्रेसका नेता जगन्नाथ पौडेलले भरतपुर महानगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गरेका हुन् ।
पौडेलले कांग्रेसको झण्डासहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराए । उनीसँगै कांग्रेसका असन्तुष्ट कार्यकर्ताको जुलुस थियो।
उनलाई कांग्रेसका पूर्व जिल्ला सभापति कृष्णलाल सापकोटाले प्रस्ताव र महासमिति सदस्य मीना खरेलले समर्थन गरेका हुन् ।