
पत्रकार तथा लेखक गिरिश गिरिले वीरगन्ज महानगरपालिकाको मेयर पदमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को तर्फबाट मनोनयन दर्ता गराएका छन्।
सोमबार महानगरपालिकाको निर्वाचन अधिकृत कार्यालयमा पुगेर गिरीले उम्मेदवारी दर्ता गराएका हुन्। यस्तै उप-मेयरमा राप्रपाबाट बिना जैसवालले मनोनयन दर्ता गराएकी छन्।
गिरी लामो समयदेखि पत्रकारितामा सक्रिय छन्। गिरिले वीरगन्ज : मेरो सहरको कथा र सत्यमोहन पुस्तक लेखेका छन्।