Logo

भरतपुर : एमाले – राप्रपा बीच तालमेल

                     
Logo 2022-04-25 11:04     Desk

13

चितवनको भरतपुर महानगरमा नेकपा (एमाले)ले राष्ट्रिय प्रजातन्त्र पार्टी संग तालमेल गर्ने भएको छ।

दुई पार्टीबीच राप्रपालाई उपमेयर, दुई वटा वडाध्यक्ष र केही वडा सदस्य दिने गरी सहमति भएको छ।

स्थानीय तहमा कोसिस गर्दा नभएको सहमति राति केन्द्रीय तहमै सहमति भएपछि भरतपुरमा तालमेल हुने पक्का भएको हो।

सहमतिअनुसार भरतपुर महानगरपालिकाको वडा नम्बर १५ र २६ मा राप्रपाले उठाउने वडाध्यक्षलाई एमालेले सहयोग गर्नेछ। वडा नम्बर ४, ११, १६, १९ र २४ मा मित्रवत् प्रतिष्पर्धा गर्ने र बाँकी वडामा एमालेका उम्मेदवारलाई राप्रपाले सघाउने सहमति भएको छ।

एमालेले महानगरको मेयरमा विजय सुवेदीलाई उम्मेदवार बनाउने पक्का गरिसकेको छ। राप्रपाले उपमेयरको टुंगो लगाइसकेको छैन।


लोकप्रिय छुटाउनुभयो कि ?