Logo

ललितपुर : गठबन्धन बाट समाजवादी लाई ‘बाईपास’ , कांग्रेस र माओवादीले मात्रै मुख्य पद लिने

                     
Logo 2022-04-24 03:04     Desk

13

स्थानीय तह निर्वाचनको उम्मेदवारी मनोनयन गर्ने दिन आए संगै ललितपुरमा गठबन्धन बीच समस्या देखिएको छ। जिल्लाको अधिकांस स्थानीय तहमा नेपाली कांग्रेस र नेकपा माओबादी बीच चुनाबी तालमेल हुने भएको छ।

जिल्लाको गोदावरी नगरपालिकाको प्रमुख र उपप्रमुख नै कांग्रेसले लिएको छ भने महालक्ष्मी नगरपालिकाको प्रमुख नेकपा माओवादी केन्द्रलाई र उपप्रमुख कांग्रेसले लिएको छ।

त्यस्तै कोन्ज्योसोम गाउँपालिका अध्यक्ष माओवादी केन्द्रलाई र उपाध्यक्ष कांग्रेसले लिएको छ भने बागमती गाउँपालिका अध्यक्षमा कांग्रेस र उपाध्यक्ष माओवादी केन्द्रले लिएको छ।

यता महाँङ्काल गाउँपालिका अध्यक्ष कांग्रेस र उपाध्यक्ष माओवादी केन्द्रले लिएको छ भने ललितपुर महानगरमा भने मेयर कांग्रेसलाई र उपमेयर माओवादी केन्द्रलाई दिने यसअघि नै सत्तागठबन्धनमा सहमति भएको थियो।

बागमती प्रदेश कांग्रेस सभापति ईन्द्रबहादुर बानियाँ र माओवादी केन्द्रका बागमती अध्यक्ष सरल सहयात्रीबीच कांग्रेस र माओवादीबीच मात्रै चुनावी तालमेल गर्ने सहमति भएको हो।

ललितपुरका समाजवादी पार्टी सहईन्चार्ज अमृत तिमल्सिनाले कांग्रेस र माओबादीले दम्ब देखाएको र समाजवादी पार्टीको अपमान गर्न खोजेकोले जिल्लाको सबै स्थानीय तहको समाजवादीले एक्लै चुनाव लड्ने बताएका छन्।


लोकप्रिय छुटाउनुभयो कि ?