Logo

माओवादी सर्बोच्च अदालतबाट जन्मिएको पार्टीः कांग्रेस

                     
Logo 2022-04-24 02:04     Desk

13

नेपाली कांग्रेसले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि आइतबार चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।

घोषणापत्र कांग्रेसले सत्ता साझेदार माओवादी केन्द्रलाई सर्वोच्च अदालतले जन्माएको पार्टीको रूपमा टिप्पणी गरेको छ । सर्वोच्चको आदेशबाट माओवादी जन्मिएको कांग्रेसको भनाइ छ ।

घोषणापत्रको १२ औँ पृष्ठमा एमाले अदालतको आदेशबाट जन्मिएको पार्टी भनेर उल्लेख गरिएको छ ।

‘नेकपा (एमाले) का अध्यक्ष ओलीले निरन्तर सर्वोच्च अदालतको ऐतिहासिक फैसलालाई अवमूल्यन, व्यङ्ग्य र कटाक्ष गर्दै आउनु भएको छ । तर नेकपा एमालेका उपाध्यक्ष तथा सांसद सुरेन्द्र पाण्डे, स्थायी समिति सदस्य तथा सांसद घनश्याम भुसाल र सांसद भीमबहादुर रावलले समेत प्रतिनिधिसभा पुनःस्थापना गरी देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरियोस् भनी सर्वोच्च अदालत जानु भएको थियो । यसैगरी नेकपा (एमाले) पनि सर्वोच्च अदालतको आदेशबाट जन्मिएको पार्टीहरू हुन्,’ कांग्रेसको घोषणापत्रमा भनिएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?