Logo

प्रदेश १ : स्थानीय तहमा उम्मेदवारी दिन २ एमाले प्रदेश सांसदद्वारा राजीनामा

                     
Logo 2022-04-24 03:04     Desk

13

बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिन प्रदेश नं १ का दुई जना नेकपा (एमाले)का प्रदेश सांसदहरुले राजीनामा दिएका छन्। स्थानीय तहमा चुनाव लड्न गोपालचन्द्र बुढाथोकी र काजिमान कागतेले पदबाट राजीनामा दिएका हुन् ।

प्रदेश सांसदद्वयले आइतबार प्रदेशसभा सचिवालयमा राजीनामापत्र बुझाएका हुन् ।

राजीनामा बुझाएका झापा क्षेत्र नम्बर–१ ‘ख’ का सांसद बुढाथोकी झापाको मेचीनगर नगरपालिका र इलाम क्षेत्र नम्बर–१ ‘ख’ का सांसद कागते इलामको सूर्योदय नगरपालिको मेयर पदमा प्रतिस्पर्धा गर्दै छन् ।

संसद सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले दुवै सांसदको राजीनामा स्वीकृत भैसकेको छ।


लोकप्रिय छुटाउनुभयो कि ?