
मेलम्ची खानेपानी वितरण काठमाडौं उपत्यकामा सुरु भएको छ । खानेपानी मन्त्री उमाकान्त चौधरीले आइतबार काठमाडौंमा एक कार्यक्रमकाबीच मेलम्ची खानेपानीको पुनः वितरण सुरु गरेका हुन् ।
२०७८ असार १ गते मेलम्ची नदीमा आएको बाढी, पहिरोले खानेपानी आयोजनाको संरचनामा क्षति पुगेपछि खानेपानी वितरण बन्द रहेको मेलम्ची आयोजना बाट अब भने प्रतिदिन १७ करोड लिटर खानेपानी उपत्यकामा वितरण गरिने खानेपानी मन्त्रालयले जनाएको छ ।
मेलम्ची खानेपानी २०७७ साल चैत दोस्रो हप्तादेखि काठमाडौं उपत्यकामा वितरण सुरु भएपनि भएको थियो ।