Logo

गठबन्धन नमान्ने भन्दै कांग्रेस धनगढीका वडा सभापतिसहित ९१ जनाले दिए सामूहिक राजीनामा

                     
Logo 2022-04-22 06:04     Desk

13

धनगढी, ९ वैशाख । पाँच दलीय गठबन्धनले गरेको निर्णयप्रति असन्तुष्टि जनाउँदै नेपाली कांग्रेस धनगढीका नेताहरूले सामूहिक राजीनामा दिएका छन् । धनगढी उपमहानगरपालिका- १८ का वडा सभापति भक्तबहादुर थापासहित ९१ जना कांग्रेस नेता कार्यकर्ताले पदबाट राजीनामा दिएका हुन् ।

वडा नम्बर १८ को वडाअध्यक्ष कांग्रेसले पाउनुपर्ने माग गर्दै उनीहरूले जिल्ला पार्टी कार्यालय पुगेर सामूहिक राजीनामा दिएका हुन् । गठबन्धनमा भएको सहमतिअनुसार २०७४ सालको स्थानीय तह निर्वाचनमा जुन वडामा जसले जितेको थियो, अहिले पनि त्यहीअनुसार उम्मेदवारी दिने भन्ने थियो ।

बलियो संगठनका कारण १८ नम्बर वडामा कांग्रेसको जीत सुनिश्चित रहेको तर, भागबण्डा गर्दा माओवादी केन्द्रले पाएपछि सामूहिक राजीनामा दिनुपरेको वडा सभापति थापाले बताए ।

०७४ को स्थानीय तह चुनावमा १८ नम्बर वडाबाट माओवादी केन्द्रले वडाअध्यक्ष जितेको थियो । गठबन्धनबीचको सहमतिअनुसार वडाध्यक्ष माओवादीकै भागमा परेको थियो । आफ्नो जित्ने आधार भए पनि माओवादीलाई दिएको भन्नै असन्तुष्टि जनाउँदै उनीहरूले राजीनामा दिएका हुन् ।

वडा कार्यसमितिका सदस्यहरूसँगै क्रियाशिल सदस्यहरूले समेत राजीनामा दिएका छन् । अब के गर्ने भन्ने विषयमा नगर सभापतिसँग छलफल भइरहेको वडा सभापति थापाले बताए । ‘हामीले भर्खरै राजीनामा पार्टी कार्यालयमा बुझाएका छौँ । अब के गर्ने भनेर छलफल गर्छौं । स्वतन्त्र रूपमा उम्मेदवारी दिन सकिन्छ कि भन्ने विषयमा छलफल हुन सक्छ,’ उनले भने ।


लोकप्रिय छुटाउनुभयो कि ?