Logo

धनगढी : विवेकशील साझाले पार्टी परित्याग गरेका गोपाल हमाल लाई समर्थन गर्ने

                     
Logo 2022-04-22 04:04     Desk

13

विवेकशील साझा परित्याग गरेर स्वतन्त्र उम्मेदवारी दिएका गोपाल हमालललाई धनगढी उपमहानगरको मेयरमा सघाउने निर्णय लिएको छ। बिगत ३ बर्ष देखि साझा पार्टीको सुदूर-पश्चिम प्रमुख भएर सक्रिय रहेका हमालले उप-महानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिन लाई नै साझा पार्टी परित्याग गरेका थिए।

त्यस्तै , विवेकशील साझा पार्टीले धनगढी उपमहानगरपालिकाको उपमेयरमा विमला पन्त ओझालाई उम्मेदवार बनाउने भएको छ। इतिहास र समाजशास्त्रमा स्नातकोत्तर गरेकी विमला ओझासँग ३४ वर्ष शिक्षक रहेको र २८ वर्षदेखि विभिन्न सामाजिक संघसंस्थाको संस्थापक रहेको अनुभव छ।


लोकप्रिय छुटाउनुभयो कि ?