
नेकपा एमालेले आसन्न स्थानीय चुनावको लागि घोषणापत्र सार्वजनिक गरेको छ । शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा संचालनमा ल्याइएको पार्टी केन्द्रीय कार्यालयमा अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गरेका हुन् ।
नेपाल कम्युनिस्ट पार्टीको ७४औं स्थापना दिवसको असर पारेर सार्वजनिक गरिएको घोषणापत्रमा आगामी दिनमा एमाले कसरी अघि बढ्छ भन्ने स्पष्ट योजना उल्लेख गरिएको घोषणापत्र मसौदा समितिका संयोजक तथा पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जानकारी दए ।
एमालेले घोषणापत्र जारी गरे संगै शुक्रबार नै सबै पालिका तह पार्टी कमिटिले प्रतिबद्धता पत्र सार्वजनिक गर्दै छन्।