Logo

जनकपुर : पार्टीबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवार बन्ने कांग्रेसी नेताहरूको तयारी

                     
Logo 2022-04-22 10:04     Desk

13

आसन्न स्थानिय तह निर्वाचनमा सत्ता गठबन्धनमा रहेको दलहरू मध्य जसपालाई जनकपुर उप-महानगरपालिका भागमा परे पछी जनकपुरका कांग्रेस नेताहरू पार्टी नेतृत्व सँग रूष्ट बनेका छन् ।

पार्टीको निर्णय बाट असन्तुष्ट नेताहरूले अब सामूहिक राजीनामा दिन तयारी गरेका छन् । कांग्रेस जनकपुरका नगर सभापति मनोज साहले आफूसहित दर्जनौं नेता/कार्यकर्ताले राजीनामा दिन लागेको बताएका छन् ।

पार्टी परित्याग गरेर स्वतन्त्र उम्मेदवारी दिने योजना रहेको नेताहरू रहेका छन्।

राजीनामा घोषणा गर्न उनीहरूले शुक्रबार दिउँसो पत्रकार सम्मेलन आयोजना गरेका छन्।


लोकप्रिय छुटाउनुभयो कि ?