Logo

विराटनगरका यी जनप्रतिनिधि जसले उम्मेदवार बन्न राजिनामा दिए, भीम पराजुलीले के गर्लान ?

                     
Logo 2022-04-22 10:04     Desk

13

विराटनगर, ८ वैशाख । आगामी ३० वैशाखमा हुने स्थानीयतहको निर्वाचनमा उम्मेदवार बन्नका लागि विराटनगरका चार वडाध्यक्षसहित १३ जना जनप्रतिनिधिहरुले एकैसाथ राजिनामा दिएका छन् । आगामी निर्वाचनमा विभिन्न पदमा उम्मेदवारी दिनका लागि उनीहरुले राजिनामा दिएका हुन् ।

विराटनगर–११ का वडाध्यक्ष तिर्थेन्द्र नेउपाने, १० नम्बर वडाका माधवराज वाग्ले, विराटनगर–१४ का बलदेव यादव र विराटनगर–१९ का वडाध्यक्ष बद्री नारायण सरदारले राजिनामा दिएका हुन् ।

राजिनामा दिने अन्य जनप्रतिनिधिहरुमा वडा सदस्यहरु रहेका छन् । राजिनामा दिने वडा सदस्यहरुमा विराटनगर–१० का वडा सदस्य विजय दाहाल, ५ नम्बर वडाका वडा सदस्य केवल राय अमात, सोही वडाकी वडा सदस्य राधादेवी पासवान, विनादेवी मण्डल धानुक, विराटनगर–१४ का वडा सदस्य राजनन्द महतोले राजीनामा दिएका हुन् ।

त्यस्तै १९ नम्बर वडाका वडाध्यक्षसहित सवै वडा सदस्यले पनि राजिनामा दिएका छन् । सो वडाका वडा सदस्य नागेश्वर राजवंशी, सम्झना भुजेल, विनादेवी सरदार र जितेन्द्र खवासले राजिनामा दिएको विराटनगर महानगरका प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतले जानकारी दिए ।


लोकप्रिय छुटाउनुभयो कि ?