Logo

प्रचण्डकी बुहारी सिर्जना पोखराको उपमेयरमा सिफारिस

                     
Logo 2022-04-19 01:04     Desk

13

नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी बुहारी सिर्जना त्रिपाठीलाई नेकपा माओवादी केन्द्रको पोखरा महानगर कमिटीले पोखरा महानगरपालिकाको उपप्रमुखको उम्मेदवारमा सिफारिस गरेको छ ।सोमबार सम्पन्न महानगर कमिटीको पूर्ण बैठकले पोखराको प्रमुख र उपप्रमुखमा ३–३ जनाको नाम सिफारिस गर्दा त्रिपाठीसमेत परेकी हुन् ।

पोखरा महानगरको बैठकले मेयर र उपमेयरको लागि नाम प्रस्ताव गरेको थियो । बैठकले मेयरको लागि माओवादी कास्की संयोजक बखानसिंह गुरुङ, प्रदेश कमिटी सदस्य विश्वप्रकाश लामिछाने र सीता खड्काको नाम प्रस्ताव गरेको छ।

उपमेयरमा गोमा ढकाल, सूर्यप्रकाश त्रिपाठी र त्रिपाठी सिर्जनालाई सिफारिस गरिएको छ ।

माओवादीको जनवर्गीय संगठन अखिल नेपाल महिला संघ क्रान्तिकारीकी केन्द्रीय सदस्य उनी पोखरामा बसेर पार्टी राजनीतिमा सक्रिय छिन् । पोखरा–२५ हेमजा माइती भएकी उनी प्रकाश दाहालको निधन भएयता कास्कीको राजनीतिमा सक्रिय भएकी हुन् ।


लोकप्रिय छुटाउनुभयो कि ?