Logo

झापा : राप्रपाद्वारा भद्रपुर नगरपालिकाको ५२ पदमै उम्मेदवारी घोषणा

                     
Logo 2022-04-19 01:04     Desk

13

आसन्न स्थानीय तहको निर्वाचनमा उम्मेदवारी घोषणा गर्नेमा राप्रपा झापामा सबैभन्दा अगाडी देखिएको छ।

राप्रपाको पार्टी केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनको निर्वाचन क्षेत्रमा रहेको भद्रपुर नगरपालिकाको सबै पदमा राप्रपाले एकल उम्मेदवारी घोषणा गरेको छ। यस अघि प्रदेश नं १ मा सत्ता गठबन्धन दलसंग सहकार्य गर्ने राप्रपाको तयारीको समचार आए पनि भद्रपुरमा राप्रपाले एक्लै उम्मेदवारी घोषणा गरेको हो।

नगरका १० वटा वडाका सवै पद र प्रमुख-उपप्रमुखसहित ५२ वटै निर्वाचित हुने पदमा उम्मेदवार घोषणा गरिएको राप्रपा झापाले जनाएको छ।

राप्रपाले नगरपालिकाको प्रमुखमा नवराज पनेरू ‘राजु’ र उपप्रमुखमा राधा कार्की लाई टिकट दिने भएको छ।

राप्रपाले भद्रपुरको एकदेखि १० नम्बर वडासम्म क्रमशः दलबहादुर लिम्बु ‘शंकर’, रामबहादुर राई, हेमवहादुर कार्की, दिनानाथ (शंकर) रिजाल, देवकुमार घिमिरे, ढकवहादुर विष्ट, अभिषेक ढुंगाना, गणेशप्रसाद लिम्बु, ज्ञानबहादुर राई ‘सविन’ र खेमराज भट्टराईलाई वडाध्यक्षको प्रत्यासीमा चयन गरेको छ।


लोकप्रिय छुटाउनुभयो कि ?